त्रिशक्ति समाज सेवाको साँस्कृतिक कार्यक्रम, इन्फ्लेमको कन्सर्टमा झुम्यो सिम्पानी
पाेखरा | मंसिर ५, २०८०
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा त्रिशक्ति समाज सेवा क्लबले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शुभ दिपावलीको अवसरमा क्लबले आयोजना गरेको दोस्रो संस्करणको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै वडाध्यक्ष प्रधानले क्लबले सामाजिक क्रियाकलापसँगै वडाको विकासमा सहयोग पुर्याएको बताए ।
उनले सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने सुझाव दिदै क्लबको सकरात्मक कार्यमा सधै साथ र सहयोग गर्ने धारणा राखे ।
यस्तै विभिन्न समुदायको कला संस्कृति जगेर्ना उद्देश्यले हरेक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रममा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा क्रिस्टल क्लजले नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो । कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो ।


गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

